भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री शशी श्रेष्ठले नेपाललाई आर्थिक रुपमा सम्पन्न बनाएर जनतालाई समृद्धशाली मुलुकको अधिकारसम्पन्न नागरिक बनाउने अभियानमा माओवादी केन्द्र अगाडी बढी राखेको बताएकी छिन् । नेकपा माओवादी केन्द्रको मध्यपुर ठिमि नगरसम्मेलनको शनिबार उद्घाटन गर्दै मन्त्री श्रेष्ठले संविधानमा व्यवस्था भएको महिला, दलित सुकुम्वासी, मुक्त हलीया, कमैया र कमलारीको समस्या समाधान गर्न र संविधानमा…