राष्ट्रिय वाणिज्य बैंकले थप सात नयाँ शाखा कार्यालयहरु विस्तार गरेको छ । यससँगै बैंकको शाखा कार्यालयहरुको संख्या २५४ पुगेको छ । बैंकले बाग्मती प्रदेश अन्तर्गत काठामाडौं जिल्लाको चन्द्रागिरी स्थित शाखा कार्यालय बलम्बु, कागेश्वरी मनोहरा स्थित शाखा कार्यालय थली, ललितपुर जिल्लाको गोदावरी स्थित शाखा कार्यालय ठैव, भक्तपुर जिल्लाको कमलविनायक स्थित शाखा कार्यालय कमलविनायकमा नयाँ शाखा खालेको…