विद्युत प्राधिकरणले पोलको भाडा नघटाएपछि आइस्पानले ३०० रुपैयाँसम्म बढायो इन्टरनेटको भाउ

इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान) ले इन्टरनेटको भाउ बढाउने निर्णय गरेको छ । नेपाल विद्युत प्राधिकरणले बढेको पोल भाडा नघटाउने भएपछि इन्टरनेट सेवा प्रदायक संस्थाले इन्टरनेटको भाउ बढाउने निर्णय गरेका हुन् । शहरी क्षेत्रमा १५० रुपैयाँ र ग्रामीण क्षेत्रमा ३०० रुपैयाँसम्म भाउ बढाउने निर्णय गरेको आइस्पानले जानकारी दिएको छ । इन्टरनेटको मूल्य बढाउने निर्णय गरी…