नेप्से वृद्धि टिकेन: सूचक साढे ३२ अंकले ओरालो लाग्दा कारोबार १ अर्ब ३२ करोडले खुम्चियो

शेयर बजार सूचक मापक नेप्से साताको अन्तिम दिन बिहीबार ३२.५१ अंकले घटेको छ । बुधबार ५० अंकले उकालो लागेको नेप्सेमा बिहीबार पुनः बिक्री चाप हाबी भएपछि बजार सूचसँगै कारोबार रकममा पनि गिरावट आएको हो । यसदिन नेप्से ३२.५१ अंकले घटेर २६३३.४२ बिन्दुमा झरेको छ । दिनभर २२५ कम्पनिको ७३ करोड २१ लाख कित्ता शेयर ४९…