तेह्रथुम पावर कम्पनीले भदौ ९ गते देखि १३ गतेसम्म निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ) शुक्रबार बिहान बाँडफाँड हुने भएको छ । मंगलबार मध्यान्ह १२ः ३० बजे प्रि–अलटमेन्ट सम्पन्न भएको कम्पनीको आईपीओ बाँडफाँडका लागि भदौ २५ गते शुक्रबार बिहान १० बजे समय निर्धारण गरिएको कम्पनीको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले जनाएको छ । कम्पनीले प्रतिकित्ता १००…