शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलाको २०० रुपैयाँले घटेको सुनको मूल्य शुक्रबार तोलाको १०० रुपैयाँले बढेको हो । शुक्रबारका लागि छापावाला सुनको भाउ तोलाको ९० हजार ९०० रुपैयाँ, तेजावी सुनको भाउ ९० हजार ४०० रुपैयाँ र चाँदीको भाउ प्रतितोला १ हजार १९५ रुपैयाँ कायम गरिएको छ…