लघुवित्तहरुमै महङ्गो शेयरमूल्य रहेको महिलाको सबै सूचकमा उत्साहप्रद वृद्धि

लघुवित्तहरुमै सबैभन्दा धेरै शेयरमूल्य रहेको महिला लघुवित्त वित्तीय संस्था लिमिटेड (MLBSL) को गत आर्थिक वर्षको वित्तीय विवरणमा सबैजसो सूचकमा उत्साहप्रद वृद्धि देखिएको छ । महिलाले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमाससम्ममा ९ करोड २९ लाख ८२ हजार रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षमा ३ करोड ४७ लाख रुपैयाँ नाफा कमाएकोमा १६७.८६ प्रतिशतले…