सर्वोत्तमको शेयर प्रकरण: व्यक्तिको सट्टा संस्थालाई पत्र काटेपछि अर्थ समितिले बोलायो अर्थमन्त्री

व्यवस्थापिका संसदको अर्थ समितिले सर्वोत्तम सिमेन्टको शेयर प्रकरणलाई लिएर अर्थमन्त्रालयलाई पनि छलफलमा बोलाएको छ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष र नेपाल स्टक एकसचेन्ज (नेप्से) का प्रमूख कार्यकारी अधिकृतलाई नभई संस्थालाई स्पष्टीकरण मागेको सम्बन्धमा छलफलका लागि अर्थमन्त्री जनार्दन शर्मालाई बोलाएको हो । व्यक्तिले गरेको कमजोरीको विषयमा संस्थासँग स्पष्टिकरण माग्नुको कारण खोज्दै समितिले अर्थमन्त्रीलाई पनि छलफलमा डाकेको…