सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले पछिल्लो समय डिजिटल बैंकिङलाई आफ्नो प्राथमिकताको केन्द्रमा राख्दै विभिन्न नवीन सेवाहरू ल्याइरहेको छ । बैंकले ‘डिजिटल बैंकिङ’ लाई केवल सेवाको रूपमा मात्र नभई ग्राहकको जीवनशैलीको हिस्सा बनाउने लक्ष्य लिएको जनाएको छ । बैंकले डिजिटल बैंकिङलाई अगाडि बढाउन विभिन्न कदमहरू चालेको छ । सबै डिजिटल सेवाहरूलाई एउटै संयन्त्रभित्र समेट्न ‘सिटिजन्स डिजि बैंक’…