बीमा समितिले इजाजत प्राप्त सबै बीमा कम्पनीहरुलाई आलोपालो प्रणाली मार्फत कार्यालय संचालन गर्न निर्देशन दिएको छ । समितिले बीमकहरुलाई परिपत्र जारी गर्दै ५० प्रतिशत कर्मचारीहरुबाट काम चालाउन भनेको छ । साउन २६ गतेको मन्त्रिपरिषद बैठकले बैंक वित्तीय संस्था तथा सरकारी र गैरसकारी कार्यालयहरु आलोपालो प्रणालीमा बढीमा ५० प्रतिशत कर्मचारीबाट संचालन गराउने निर्णय गरेको थियो ।…