शेयर बजार सूचक मापक नेप्सेमा जेठ ४ गते मंगलबार ऐतिहासिक रेकर्ड बनेको छ । यसअघिका सबै रेकर्ड तोडिँदै मंगलबार कारोबार र सूचक पनि हालसम्मकै उच्च बिन्दुमा पुगेको हो । यसअघि गत माघ २५ गते कायम भएको १० अर्ब ४४ करोडको कारोबार तोडिँदै ११ अर्ब ३५ करोड ९३ लाख रुपैयाँ बढीको शेयर कारोबार भएको छ भने…