लगानी बोर्डका सीईओ भट्टलाई तत्काल काममा नलगाउन अदालतको आदेश

उच्च अदालत पाटनले लगानी बोर्डका नवनियुक्त प्रमुख कार्यकारी सुशील भट्टलाई तत्काल पदमा बहाल नगर्न र कामकाज गर्न नलगाउन सरकारका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदीको एकल इजलाशले सो आदेश दिएको हो। सुशील भट्टको नियुक्ति बिरुद्ध परेको रिटमा उच्च अदालत पाटनले मंगलबार सो आदेश गरेको हो। भट्टको नियुक्ति…