छरिएर रहेको स-सानो पूँजी संकलन गरी पूँजी निमार्णमा विशेष योगदान पुर्याउने सामूहिक लगानीकोषहरुको आयमा आयकर नलाग्ने भएको छ । आगामी आवको आयव्ययको विवरण प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूँजीबजारको विकासमा महत्वपूर्ण योगदान गरिरहेका सामूहिक लगानीकोषहरुको आयमा कर नलाग्ने व्यवस्था गरेको उनले जानकारी दिए । नेपालमा विभिन्न मर्चेन्ट बैंक (वाणिज्य बैंकहरुका सहायक कम्पनी ) को व्यवस्थापनमा…