शेयर बजारमा तीन सातापछि उच्च अंकको उछाल आएको छ। सोमबार नेप्से परिसूचक ३७.७४ अंकले बढेर १४३०.४२ अंकमा पुगेको छ। यसअघि साउन ४ गते आइतबार ८४.२६ अंकले बढेपछि यति ठूलो अंकको वृद्धि हुन सकेको थिएन। आज कारोबारमा आएका उपसमूहका सूचकमाध्ये म्युचुअल फण्डको सूचक बाहेक ११ वटै उपसमूहका सूचकमा हरियाली छाएको छ। निर्जीवन बीमा कम्पनी, होटल, विकास…