सञ्चालन नोक्सानीमा पुगेको स्वरोजगार लघुवित्तको नाफा खराब कर्जा असुलीले धनात्मक

स्वरोजगार लघुवित्त वित्तीय संस्था (SLBBL) खराब कर्जा असुलीले ६ करोड ६१ लाख ८६ हजार रुपैयाँ खुद नाफामा पुगेको छ । चालु आवको पुस मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार १० करोड ६७ लाख रुपैयाँ सञ्चालन नोक्सानी व्यहोरेको लघुवित्तले २० करोड ६० लाख रुपैयाँ खराब कर्जा असुली गर्दा नाफामा पुगेको हो । गत आवको यसै अवधिको तुलनामा…