दैलेखको क्वारेन्टिनमा मृत्यु भएका व्यक्तिमा कोरोना भएको पुष्टि, मृतक संख्या ७ पुग्यो

दैलेखको दुल्लु नगरपालिकाको एक क्वारेन्टिनमा मृत्यु भएका युवामा कोरोना भएको पुष्टि भएको छ । वडा नं ११ कालभैरवको क्वारेन्टिनमा आज बिहान मृत्यु भएका ३५ वर्षीय युवाको आज नै पिसिआर रिपोर्ट पोजेटिभ आएको हो। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पिसिआर परीक्षणमा रिपोर्ट पोजेटिभ आएको नगरप्रमुख घनश्याम भण्डारीले जानकारी दिए। बिहीबार उनको स्वाब सङ्कलन गरिएको थियो…