कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेश सभाको आजको बैठकमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन्। प्रदेश सरकारको प्रस्तुत नीति तथा कार्यक्रम अनुसार कोभिड–१९ को रोकथामका लागि क्वारेन्टिनलाई व्यवस्थित गर्ने नीति लिइएको छ । कोभिड–१९ बाट जनतालाई सुरक्षित राख्न क्वारेन्टिन…