सरकारले राजस्व चुहावट नियन्त्रणका लागि केही समय अघिमात्र सञ्चालनमा ल्याएको भेइकल एण्ड कन्साइनमेन्ट ट्रयाकिङ सिस्टम(भीसीटीएस)मा प्रविष्टि नगरी मालबस्तु ढुवानी गर्ने १९ कम्पनीलाई जरिवाना गरेको छ । राजस्व अनुसन्धान विभागले माघ ७ र ८ गते गरेको अनुगमन प्रतिवेदनका अनुसार विभिन्न १९ कम्पनीले भीसीटीएसमा प्रविष्ट नगरी मालबस्तु ढुवानी गरेको भेटिएपछि नगद जरिवाना गरेको हो । विभागले १९…