मेलम्चीको पानी बाड्न ५ अर्ब ४६ करोड, खानेपानी मन्त्रालयलाई ४३ अर्ब

सरकारले आगामी आर्थिक वर्षका लागि खानेपानी मन्त्रालयलाई ४३ अर्ब १० करोड बजेट छुट्टाएको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आवको बजेट पेश गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आवमा ९४ प्रतिशत जनसङ्ख्यालाई आधारभूतस्तरको खानेपानी सेवा उपलब्ध गराइने बताए । मेलम्ची खानेपानी आयोजनाको आधारभूत निर्माण कार्य चालू आवभित्र नै सम्पन्न गरी आगामी आवको शुरुदेखि नै…