सिभिल बैंकले गत आर्थिक वर्षको प्रस्तावित लाभांश पारित गराउन फागुन ९ गते दशौं वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकको माघ १५ गते बसेको संचालक समितिको ३२८ औँ बैठकले बैंकको केन्द्रीय कार्यालय सुन्धारा काठमाण्डौमा बिहान ११ बजे सभा डाकेको हो । साधारण सभा भर्चुअल माध्यमबाट संचालन गरिने बैंकले जनाएको छ । सभामा बैंकले आ.व…