नेपाल प्रहरीले गैरकानूनी रुपमा ७३ लाख ९३ हजार ९०९ रुपैयाँ ठगी गरी फरार रहेका सञ्चालकलाई २ वर्षपछि पक्राउ गरेको छ । कैलालीको गौरीगंगा नगरपालिका ८ बस्ने ३४ वर्षीय राजाराम चौधरीलाई चौधरीलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले चौधरीलाई भिनाजुको घरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।…