पछिल्ला दिनमा शेयर बजारमा तीब्र गिरावट आउँदै गर्दा तरलता संकुचनको हल्ला चलाइएको भन्दै लगानीकर्ता सम्बद्ध संघ संस्थाका प्रतिनिधिले सचेत भएर निर्णय लिनुपर्नेमा जोड दिएका छन् । निरन्तर उकालो लग्ने क्रममा रहेको बजार पछिल्लो समय फराकिलो अन्तरले ओरालो लागिरहेको छ । करेक्सनको बुझाइमा रहेका आम लगानीकर्ताहरु नोक्सान धेरै हुने चिन्तामा शेयर बिक्री गर्ने ध्याउननमा लागिरहेका छन्…