अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५० हजार घुस लिएको आरोपमा प्रमुख सशस्त्र प्रहरी निरीक्षक र नायब निरीक्षकलाई पक्राउ गरेको छ । आयोगले सशस्त्र प्रहरी बल वेश क्याम्प रुपन्देहीका कार्यालयमा कार्यरत प्रमुख सशस्त्र प्रहरी निरीक्षक दधिराम पौडेल र सशस्त्र प्रहरी नायब निरीक्षक राजेश पासीलाई बिहीबार पक्राउ गरेको जनाएको छ । आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले रुपन्देहीको…