एनएमबि बैंक (NMB) ले वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी ब्याज प्रदान गर्ने भएको छ । बैंकले बचत खातामा ५.१ प्रतिशतसम्म र मुद्दतीमा ८.१ प्रतिशतसम्म ब्याज प्रदान गर्ने भएको हो । हाल बैंकहरुमा निक्षेप थुप्रिरहेको र साना निक्षेपकर्तालाई बचतमा न्यून ब्याज प्राप्त भई लगानीको प्रतिफल सन्तोषजनक नरहको अवस्थामा सबै वर्गलाई समेटने गरी यो योजना ल्याइएको बैंकले जनाएको…