कोरोनाका कारण चरम खाद्यान्न अभावको समस्या दोब्बर हुनसक्ने: राष्ट्रसंघ

कोरोनाभाइरस सङ्क्रमणको विश्वव्यापी प्रकोपका कारण विश्वमा गरिबी र खाद्यान्नको अभावको सामना गर्नुपर्ने जनसङ्ख्या अहिलेकोभन्दा झण्डै दोब्बर पुग्नसक्ने प्रक्षेपण गरिएको छ । कोरोनाभाइरसका कारण विश्वमा खाद्यान्नको अभाव झेल्ने गरिबको जनसङ्ख्या दोब्बर हुनसक्ने संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रम (डव्लुएफपी) ले मङ्गलबार चेतावनी दिएको हो । डब्ल्यूएफपी र अन्य साझेदारहरूले विश्वभरि खाद्यान्न सङ्कटबारेमा नयाँ अध्ययन प्रतिवेदन जारी गरेपछि…