ओरिण्टल होटल्स लिमिटेड (र्याडिसन होटल) ले नाफा घटेपछि खर्चहरुमा ब्यापक कटौती गर्ने रणनीति अबलम्बन गर्ने भएको छ । होटल्सको आज (२०७७ साल मंसिर ४ गते) सम्पन्न तेइसौं वार्षिक साधारण सभामा कम्पनीको अध्यक्ष श्रीमति सुभद्रा श्रेष्ठले होटलको अवको रणनिति कर्मचारी दायित्वलाई कम गर्ने, अन्य खर्चहरुमा पनि ब्यापक कटौति गर्ने, होटलका सेवाहरुलाई थोरै मानव संशाधन प्रयोग गरेर…