रसुवगढी र साञ्जेन जलविद्युत आयोजनाको विद्युत् खेर जाने जोखिम बढ्यो

चिलिमे जलविद्युत् कम्पनीको अगुवाइमा निर्माणाधीन १११ मेगावाट क्षमताको रसुवागढी, ४२.५ मेगावाटको सान्जेन, १४.८ मेगावाटको माथिल्लो सान्जेनको आयोजनाको विद्युत् खेर जाने अवस्था आएको छ । यस विषयमा नेपाल विद्युत् प्राधिकरणले निर्माण व्यवसायीलाई कडा निर्देशन समेत दिइसकेको छ । प्राधिकरणले ठेकेदार कम्पनीलाई काम गर्ने भए इमान्दार भएर गर्नु, अन्यथा मार्ग प्रशस्त गर्न समेत चेतावनी दिएको छ ।…