जलविद्युतको सीमापार व्यापारलाई उच्च प्राथमिकता

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपालले जलविद्युतको सीमापार व्यापारलाई उच्च प्राथमिकतामा राखेको बताएका छन्।शुक्रबार शिष्टाचार भेटका लागि पुगेका नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रासँगको भेटमा उनले जलविद्युतको सीमापार व्यापारको सहजीकरणका लागि भारतीय पक्षबाट गरिएका प्रतिबद्धताको प्रशंसा गरेका छन्। मन्त्री पुनले भारतीय लगानीमा निर्माण भइरहेका अरुण तेस्रो जलविद्युत आयोजना र बुटवल–गोरखपुर ४०० केभी प्रसारण लाइन…