डिसहोमलाई इन्टरनेट सेवा विस्तार गर्न अनुमति

डिसहोमले नेपाल दूरसञ्चार प्राधिकरण्बाट इन्टरनेट सेवा विस्तार गर्न अनुमति पाएको छ । प्राधिकरणको शुक्रबार सम्पन्न बैठकले डिसहोमलाई इन्टरनेट सेवाको लाइसेन्स दिने निर्णय गरेको हो। डिसहोमले प्राधिकरणमा सिम टीभी नामबाट इन्टरनेट सेवा विस्तार गर्न अनुमति मागेको ३ महिनापछि अनुमति पाएको हो। डिस मिडिया नेटवर्क अन्तर्गतको एक दशक अघिदेखि टेलिभिजन सेवा प्रवाह गर्दै आएको कम्पनीले अब इन्टरनेट…