मूल्य वृद्धिमा चाप परेपनि बाँकी आर्थिक परिसूचक सुधार उन्मुख : अर्थ मन्त्रालय

अर्थ मन्त्रालयले चालु आर्थिक बर्षको अर्धबार्षिक प्रगति विवरण सार्वजनिक गर्दै मूल्य स्थितिमा केही चाप पर्दै गएको भएपनि समग्र आर्थिक परिसूचकहरु सुधार उन्मुख रहेको उल्लेख गरेको छ । अर्थ मन्त्रालयले गत साउनदेखि पुससम्मको अवधिमा समष्टिगत परिसूचकहरु सकारात्मक रहेको उल्लेख गरेको छ अर्थमन्त्रालयले निकासीमा भएको वृद्धि र पैठारीमा भएको कमीसँगै वैदेशिक व्यापारको असन्तुलनमा सुधार आएको जनाएको छ…