शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखेर नगरपालिकाले समेत दिन थाले ऋण

भक्तपुर नगरपालिकाले नगरवासी विद्यार्थीलाई शैक्षिक ऋण प्रदान गर्न सम्झौता शुरु गरेको छ । गरीब र इमानदार ९१ विद्यार्थीलाई चालू आर्थिक बर्षमा ऋण उपलब्ध गराइने नगरपालिकाले जनाएको छ । नगरप्रमुख सुनिल प्रजापतिले कार्यक्रमको मङ्गलबार शुभारम्भ गर्दै ऋणको सही सदुपयोग गर्न विद्यार्थी एवं अभिभावकलाई आग्रह गरे । स्थानीय सरकार सञ्चालन ऐन २०७४ले दिएको अधिकार प्रयोग गरी नगरपालिकाको…