राष्ट्रकवि माधवप्रसाद घिमिरेको मंगलबार निधन भएको छ । पारिवारिक श्रोेतले दिएको जानकारी अनुसार उनको साँझ ५ बजेर ५५ मिनेटमा निधन भएको हो। घिमिरेको कपुरधारास्थित निवासमै निधन भएको हो । केही समययता उनको स्वास्थ्यमा समस्या देखिँदै आएको थियो । उनको जन्म १९७६ आश्विन ७ गते लम्जुङको पुस्तुन गाउँमा भएको थियो। पहिलो श्रीमती गौरीको २००४ असार २२…