अर्थतन्त्रको विकासका लागि राजनीतिक स्थायित्व र लगानीमैत्री वातावरण आवश्यक : गभर्नर पौडेल

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलले मुलुकको अर्थतन्त्रको विकासका लागि राजनीतिक स्थायित्व, लगानीमैत्री वातावरण, निजी क्षेत्रको मनोबलमा अभिवृद्धि आवश्यक भएको बताए ।  उनले व्यवसायी जोगाउनका लागि अर्थतन्त्रको प्रणालीमै सुधार जरुरी रहेको समेत स्पष्ट पारे। नेपाल आर्थिक पत्रकार समाज (सेजन) को नयाँ कार्यसमितिलाई स्वागत गर्ने क्रममा उनले कतिपय अवस्थामा कानुन स्पष्टता नहुँदा काम…