जुम्ली स्याउले मूल्य नपाउँदा करोडौँको लगानी बालुवामा पानी

'यो वर्ष पनि स्याउले राम्रो मूल्य पाएन, कति त कुहिएरै सकिए, वर्षभरि दुःख गरी उत्पादन गरेको स्याउ बजार मूल्य नपाउँदा निकै सास्ती भोग्नुपरेको छ', पातारासी गाउँपालिकाका किसान रमा भण्डारीको गुनासो हो यो । स्याउले मूल्य नपाउँदा करोडौँको लगानी बालुवामा पानी भएको उनको दुखेसो छ । 'सरोकारवालाले किसानका समस्या कहिले बुझ्ने, स्याउ सुपरजोनको काम के हो…