कोरोना भाइरसको सङ्क्रमण तत्काल रोकथाम हुने अवस्था नदेखेर रोजगारी तथा अध्ययनका लागि भारत गएका नेपाली ठूलो सङ्ख्यामा फर्कन थालेपछि कैलालीका स्थानीय तहहरू उनीहरूको व्यवस्थापनमा जुटेका छन् । अहिले कैलालीका स्थानीय तहहरू क्वारेन्टिन व्यवस्थापन तथा सीमासम्म पुगेका आफ्ना पालिकाका नागरिकको उद्धारमा व्यस्त देखिन्छन् । कैलालीको घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरी दैनिकजसो सीमामा रहेका आफ्ना नागरिकलाई लिन…