आन्तरिक राजश्व कार्यालय हेटौँडाद्वारा मकवानपुरको बेग्लाबेग्लै दुई स्थानमा व्यवसायी र उद्योगीहरुसँग करदाता शिक्षा सम्बन्धमा दुईदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । मकवानपुर उद्योग वाणिज्य सङ्घको समन्वयमा आयोजित कार्यक्रम मकवानपुरको वाग्मती गाउँपालिकाको राईगाउँ र फापरबारीमा सम्पन्न भएको हो । सो अवसरमा उद्योगी व्यवसायीहरुले कर तिर्ने सम्बन्धमा विभिन्न जिज्ञासा राखेका थिए । उक्त अवसरमा करदातासम्बन्धी प्रशिक्षण दिँदै…