अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शैक्षिक योग्यताको नक्कली (झुठ्ठा) प्रमाणपत्र पेश गरि गरि नेपाल विद्युत प्राधिकरण, कुलेखानी दोस्रो (निबुवाटार) हेटौडामा कार्यरत इलेक्ट्रिसियन रत्न बहादुर थिङ्ग उपर विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको छ । थिङ्गले आधुनिक राष्ट्रिय माध्यमिक विद्यालय हेटौंडाबाट कक्षा ८ उत्तीर्ण गरेको झुठ्ठा एवं नक्कली प्रमाणपत्र पेश गरी तह १ कुल्ली र जुनियर हेल्पर…