कोरोना देखिँदैमा प्रहरी हतोत्साही हुन्न

काठमाडौंको महानगरीय प्रहरी वृत्त कालीमाटीका दुई प्रहरीमा कोभिड–१९ सङ्क्रमण देखिएपछि वृत्तलाई सिल गरेर राखिएको छ। अहिले महानगरीय प्रहरी परिसरको टोलीलाई त्यस क्षेत्रमा खटाइएको छ। महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलका अनुसार एक जना प्रहरी नायब निरीक्षक र प्रहरी सहायक निरीक्षकलाई कोरोना देखिएको हो। त्यसपछि वृत्तलाई नै सिल गरिएको उनले जानकारी दिए।…