विधिको शासनको सुनिश्चितताका लागि सदा क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्दछु: प्रधानन्यायाधीश

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवराले कानून दिवस, २०७७ ले समानता, न्याय र विधिको शासनको सुनिश्चितताका लागि आआफ्नो ठाउँबाट योगदान गर्ने सकारात्मक सोच, प्रेरणा र क्षमता प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ । उहाँले आज एक शुभकामना सन्देश जारी गरी महामारीको प्रभाव न्याय क्षेत्रमा पनि परेको र नेपाललगायत महामारीबाट प्रभावित देशका अदालतले सङ्कूचन सहितको न्यायसम्पादन र सेवा…