शोधनान्तर स्थिति दबाबमा रहेपनि मुलुकमा राजनीतिक स्थायित्व कायम भएसँगै समष्टिगत रुपमा आर्थिक क्रियाकलापले गति लिन थालेको नेपाल राष्ट्र बैंकले जनाएको छ । वित्तीय क्षेत्रमा लिइएका नीतिगत पहल कदमीको परिणामस्वरूप वित्तीय पहुँच विस्तार भई कृषि, ऊर्जा, पर्यटनलगायतका क्षेत्रमा कर्जा प्रवाह बढेको तथा उतारचढावका बाबजुद पूँजी बजारका गतिविधिसमेत स्थायित्व उन्मुख रहेकाले आशा लाग्दो अवस्था देखिएको हो ।…