स्वास्थ्य बीमा कार्यक्रममा नागरिकको उत्साहजनक सहभागिता भए पनि नवीकरण गर्नेको सङ्ख्या कम देखिएको छ । चितवनमा बीमा गरेका ४९ प्रतिशतले नवीकरण गरेका छैनन् । जिल्लामा करिब साढे चार लाखले बीमा गरेको सरकारी तथ्याङ्क छ । तमध्ये दुई लाख ३६ हजार २२३ जनाले मात्र नवीकरण गरेको स्वास्थ्य बीमा बोर्ड चितवनका दर्ता अधिकारी निर्मला भट्टराईले जानकारी दिए…