तनहुँ । वन्यजन्तु आक्रमणमा परी मृत्यु भएका यहाँका पीडित परिवारलाई डिभिजन वन कार्यालयले क्षतिपूर्तिस्वरुप १ करोड ६० लाख रुपैयाँ प्रदान गरेको छ । जिल्लाको विभिन्न स्थानमा गरी चितुवाको आक्रमणबाट ज्यान गुमाएका १६ बालबालिकाका परिवारलाई जनही १० लाख रुपैयाँका दरले रकम हस्तान्तरण गरिएको हो । वन्यजन्तुको आक्रमणबाट मृत्यु भएमा १० लाख रुपैयाँ क्षतिपूर्ति दिने व्यवस्था रहेअनुरुप…