काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास सहायतालाई ‘च्यारिटी’ का रूपमा मात्र नलिई गरिबीको अन्त्य र नागरिकको क्षमता अभिवृद्धिका लागि उपयोग गर्न विश्व समुदायसमक्ष अपिल गरेका छन् । संयुक्त राष्ट्रसङ्घीय ‘विकासका लागि वित्त’ सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा स्पेन सरकारका अध्यक्ष एवं प्रधानमन्त्री पेड्रो सान्चेजद्वारा आयोजित ‘अन्तर्राष्ट्रिय विकास सहयोगलाई पुनर्जीवित गर्दै’ शीर्षकमा आयोजित उच्चस्तरीय ‘राउन्ड…