खानेपानीमा भ्रष्टाचार गर्ने ९ जनाविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको चङ्खेली गाउँपालिकाका तत्कालीन अध्यक्षसहित नौ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । चङ्खेली–३ ब्याफु खानेपानी मर्मत योजनाका सन्दर्भमा भ्रष्टाचार गरेको अभियोगमा उनीहरूमाथि आयोगले बिहीबार मुद्दा दायर गरेको हो । आयोगले तत्कालीन अध्यक्ष धनलाल चौलागाईंविरुद्ध पाँच लाख १५ हजार रुपैयाँबराबरको बिगो दाबी गरेको छ । यस्तै प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर…