काठमाडाैँ । रुसको बेल्गोरोद क्षेत्रमा युक्रेनी क्षेप्यास्त्र आक्रमणमा परी एक बालकसहित छ जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन्। बेल्गोरोदका कार्यवाहक गभर्नर अलेक्जेन्डर शुभाएभले सोमबार उक्त जानकारी दिए। शुभाएभका अनुसार युक्रेनको सीमाबाट करिब १५ किलोमिटर टाढा पर्ने भालुइस्की जिल्लाको कोलोस्कोभो गाउँमा क्षेप्यास्त्र प्रहार भएको थियो। आक्रमणबाट एउटा संरचनामा आगलागी हुनुका साथै…