परम्परागत सीपको संरक्षणसँगै आर्थिक आम्दानी

सधैँ घरको काममा व्यस्त हुने राप्ती गाउँपालिका–७ सिसहनिया निवासी राजकुमारी चौधरीको दैनिकी पछिल्लो समय बदलिएको छ । गुन्द्री, पूजादानी, टोपी, हटकेस, पेनहोल्डर, खुत्रुक्के, ढकिया, चटकी र गमलालगायतका हस्तकलाका सामग्री बनाउने र बेच्ने काममा उहाँको समय बित्छ । दुई वर्षअघि समूह गठन गरेर सीप सिकेका राजकुमारीलगायतका थारु समुदायका महिला परम्परागत सीपको संरक्षणसँगै आर्थिक आम्दानीमा लागेका छन्…