एनआईसी एशिया क्यापिटलले एकैपटक तीन वटा कम्पनीसँग सेयर रजिष्ट्रार सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता गरेको छ ।
क्यापिटलले भूगोल इनर्जि डेभलपमेण्ट कम्पनी लिमिटेड, दाेल्ती पावर कम्पनी लिमिटेड तथा मेन्छियाम हाइड्रोपावर लिमिटेडसँग सेयर रजिष्ट्रार नियुक्ती गर्ने सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न गरेको हो ।
उक्त सेयर रजिष्ट्रार सेवाअन्तर्गत माथि उल्लेखित कम्पनीहरुको सर्वसाधारणमा बाँडफाँड भएको साधारण सेयर सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिदिने, कारोवार भएको शेयरहरुको अभिलेख राख्ने, दाखिला खारेज, शेयर नामसारी, शेयरधनी लगत अध्यावधिक गरि राख्ने लगायतका शेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्यहरु आगामी आइतबारदेखि थापाथलीस्थित एनआईसी एशिया क्यापिटलको कार्यालयबाट हुने जानकारी पनि गराइएको छ ।
साथै क्यापिटलबाट प्रदान गरिने सम्पूर्ण सेवाहरु एनआईसी एशिया क्यापिटलको “Mobil app” बाट समेत हेर्न सकिनेछ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया