शंखमुलकाे सुकुमवासी बस्तीमा पनि पुग्यो सरकारकाे डोजर

काठमाडौँ । पहिलो चरणमा सिनामंगलको गैरीगाउँ, शान्तिनगर, मनोहरा र थापाथली क्षेत्रका बस्ती खाली गराएको सरकारले आज बिहानैदेखि काठमाडौँको अन्य क्षेत्रमा डोजर चलाइरहेको छ । बिहान बल्खु, माछापोखरीलगायत क्षेत्रमा रहेको डोजर अहिले शंखमुलको अव्यवस्थित तथा सुकुमवासी बस्ती पुगेको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना निकालेर बस्ती खाली गर्न बिहीबार साँझसम्मको अल्टिमेटम दिएको थियो । उक्त…