काठमाडौँ । काठमाडौँ उपत्यकामा बर्डफ्लुको सङ्क्रमण देखिएको छ । गोकर्णेश्वर नगरपालिकाका तीन वडामा बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि उच्च सतर्कता अपनाउन सर्वसाधारण तथा सम्बन्धित निकायलाई नगरपालिकाले सूचना जारी गर्दै आग्रह गरेको छ । गोकर्णेश्वर नगरपालिकाको वडा नं. २, ३ र ४ मा हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा (एचपिएआई) अर्थात् ‘बर्डफ्लु’ रोग पुष्टि भएको हो । सङ्क्रमण फैलिन…