नबिल बैंकको ३० प्रतिशत लाभांश पारित, तीन सञ्चालक निर्वाचित

नबिल बैंकको ३८ औँ वार्षिक साधारण सभाले आफ्ना शेयरधनीलाई कुल ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । शुक्रबार बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालको अध्यक्षतामा सम्पन्न साधरणसभाले बैंकको सञ्चालक समितिले सिफारिस गरेअनुसार र नेपाल राष्ट्र बैंकको स्वीकृति अनुसार आ.व. २०७८/७९ सम्मको सञ्चित मुनाफा तथा अन्य वितरण योग्य कोषबाट शेयरधनीलाई १८.५ प्रतिशत बोनस शेयर र…